Hamro Patra
टीकापुर नगर स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

टीकापुर, पुष २
टीकापुरमा जारी प्रथम नगर स्तरीय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा त्रिभुवन मावि बटनपुर प्रथम, राष्ट्रिय मावि बेलुवा द्वित्तीय र कालिका बोर्डिङ स्कुल तृतीय भएका छन ।

प्रतियोगितामा भलिवल तर्फको उपाधी छात्रतर्फ सेतीमैया चौधरी माथि झुँगा र छात्रातर्फ खड्गस्मृति मावि टीकापुरले जितेका छन । विजेता विद्यालयलाई रनिङशिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Khadga Memorial And Janajagriti

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रहेका टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले वितेजा खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन । सामाजिक विकास शाखा संयोजक दीर्घ ठकुल्लाको अध्यक्षतामा भएको समापन समारोहमा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी रहेका थिए ।

कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न अतिथिहरुले बोलेका थिए ।

मंसिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका ३९ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता त्रिभुवन मावि बटनपुर र ज्ञानोदय प्रावि नुक्लीपुरले संयुक्त आयोजना गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update