Hamro Patra
युरो कपको सेमिफाइनल खेल्ने चार टीम

एजेन्सी, असार २४
‘मिनी विश्वकप’ मानिने युरो २०२४ को सेमिफाइनल खेल्ने ४ वटा टोलीको टुङ्गो लागिसकेको छ । २४ टिमबाट सुरु भएको खेलमा स्पेन, फ्रान्स, इंग्ल्यान्ड र नेदरल्यान्ड्स सेमिफाइनल पुगेका छन् ।

सेमिफाइनलमा स्पेन र फ्रान्स तथा नेदरल्यान्ड्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस पटक क्वाटर फाइनलमै हेभिवेट टिमहरूको भिडन्त भयो । आयोजक तथा ३ पटकको विजेता जर्मनी क्वाटरफाइनलबाटै बाहिरियो ।

क्वाटर फाइनलको तीन खेलको नतिजा अतिरिक्त समयमा टुङ्गो लाग्दा दुई खेल पेनाल्टी सुट आउटसम्मै पुग्यो ।

Khadga Memorial And Janajagriti

स्पेनले अतिरिक्त समयमा गोल गर्दै जर्मनीलाई २–१ ले पराजित ग¥यो । अर्को क्वाटर फाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा हरायो ।

यस्तै इंग्ल्यान्डले पनि स्वीट्जरल्यान्डलाई हराउन पेनाल्टी सुट आउटकै सहारा लियो । नेदरल्यान्ड्सले पनि टर्कीलाई निर्धारित समयमै २–१ ले पराजित गरेको थियो ।

केही उपाधि दाबेदार टोलीहरू जर्मनी, पोर्चुगल, साविक विजेता इटली, बेल्जियम जस्ता टोलीको चुनौती समाप्त भइसकेको छ ।
जर्मनी र पोर्चुगल क्वाटर फाइनलबाटै बाहिरिए । साविक विजेता इटली अन्तिम १६ बाट अघि बढ्न सकेन । बेल्जियम पनि अन्तिम १६ बाटै बाहिरियो ।

यस पटक समूह चरणदेखि नै ठूला टिमबीच भिडन्त भयो । समूह चरणमा केही अप्रत्यासित नतिजासमेत आए । जर्जियाले पोर्चुगललाई हराउनु, अष्ट्रियाले नेदरल्यान्ड्सलाई हराउनु, स्लोभाकियाले बेल्जियमलाई हराउनु अप्रत्यासित नतिजा रहे । यस्ते साविक विजेता इटली प्रि–क्वाटर फाइनलमै स्वीट्जरल्यान्डसँग पराजित भयो ।

सेमिफाइनल ४ मध्ये तीन पूर्व विजेता र एक उपविजेता छन् । स्पेनले जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको छ । फ्रान्सले दुई तथा नेदरल्यान्ड्सले एक पटक उपाधि जितेका छन् । इंग्ल्यान्ड साविक उपविजेता हो र अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

स्पेन लगातार तीन मुख्य अन्तर्राष्ट्रिय उपाधि जित्ने एक मात्र टोली हो । स्पेनले सन् २००८ र २०१२ मा युरो तथा २०१० मा फिफा विश्वकपको उपाधि जितेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update