Hamro Patra
कञ्चनपुरमा राजमार्ग अवरुद्ध 

कञ्चनपुर, असार २४
बाढीले कल्भर्ट बगाएपछि कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बेदकोट नगरपालिका वडा नम्बर ७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएको छ । 

कल्भर्ट भत्किएकाले अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिएका छन । अहिले यातायातका साधन रोकिएका छन । 

CMA Staff

आइतबारदेखि अत्यधिक वर्षाका कारण कञ्चनपुरका अधिकांश स्थानमा घरहरू डुबानमा परेका छन । 

डुबानमा परेकाहरूलाई सुरक्षाकर्मी लगायत विपद् व्यवस्थापनमा खटिएको टोली र स्थानीयहरूले सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको डिएसपी जोशीले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण महाकाली पारीको स्थानीय तह दोधाराचाँदनी नगरपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update