Hamro Patra
आप्रवासी कामदार दिवस मनाईयो

टीकापुर, पुस २
टीकापुर नगरपालिकाले आज अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाएको छ । यसवर्ष दिवसको नारा ‘सीप र रोजगार, आर्थिक सम्वृद्धिको आधार’ भन्ने रहेको छ ।

दिवसका अवसरमा नगरपालिकाले एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Khadga Memorial And Janajagriti

कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा भोगेका समस्याका बारेमा बताएका थिए । त्यस्तै वैदेशिक रोजगारीका क्रममा रहेकाहरुका आफन्तले समेत बोलेका थिए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज मनोहर भट्ट, वडाध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update