Hamro Patra
कर्णाली नदीमा र्याफ्टिङ्ग जम्बोरी शुरु

प्रकाश कुमार
सोल्टा, २३ चैत्र
जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिकाको आयोजनामा शुरु गरिएको जम्बोरीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कर्णाली नदीमा मोटरबोट सञ्चालनको तयारी भइरहेको बताए । ‘कर्णाली नदीमा मोटरबोट सञ्चालन गर्ने तयारी भइरहेको छ’–मुख्यमन्त्री भट्टले भने–‘मोटरबोट सञ्चालन गर्न सके यहाँको पर्यटन, पहाडी क्षेत्रमा विकासको बाटो खुल्ने र व्यापार समेत प्रबद्र्धन हुनेछ ।’

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको संगम स्थलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने –‘हिमाल, पहाड र तराई सबै मिले मात्र यस क्षेत्रको विकास सम्भव छ, यहाँको विकासका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशबीच सहकार्य आवश्यक छ ।’

Khadga Memorial And Janajagriti

देश विकासका नीति नियमहरुको समस्याका कारण जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताउँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका प्राकृतिक श्रोत र साधनको सदुपयोग हुन नसकेको स्वीकारे ।
‘सुदूरपश्चिमको पर्यटकीय सम्भावना, प्राकृतिक श्रोत र साधनको सदुपयोग हुन सकेको छैन’–मूख्यमन्त्री भट्टले भने–‘विकासका लागि स्थानीत तह र नीजिबीच समन्वय आवश्यक रहेको छ ।’
नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कर्णाली नदीमा ¥याफ्टिङ्ग जम्बोरी शुरु गरिएको छ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टाबाट शनिवारदेखि जम्बोरी शुरु गरिएको हो । आउँदो चैत्र २५ गतेसम्म कर्णाली नदीमा ¥याफ्टिङ्ग जम्बोरी सञ्चालन हुनेछ ।

जम्बोरीमा सहभागी सुदूरपश्चिम सरकारका मन्त्री, सांसद, प्रदेशसभा सदस्य, पर्यटन व्यवसायी लगायतको टोलीले सोल्टादेखि चिसापानीसम्म ¥याफ्टिङ्गमा पुगेका थिए । झण्डै ६० वटा ¥याफ्टिङ्गमा ६ शय बढी पर्यटकहरुले एकैपटक कर्णाली नदीमा ¥याफ्टिङ्ग गरेका थिए ।
सोल्टाबाट साढे दुई घण्टाको ¥याफटिङ्गपछि चिसापानी पुगेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले मन्त्रालयले सुदूरपश्चिमको जल यातायातको सम्भावनाबारे अध्ययन गरिरहेको बताए ।
‘हामीले जल यातायातको सम्भावनाबारे अध्ययन गरिरहेका छौं’ मन्त्री बोहराले भने–‘अध्ययनबाट प्राप्त निष्कर्षलाई कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको छ ।’
कार्यक्रममा सांसद झपटबहादुर रावल, नारदमूनी राना, सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनहादुर थापा, नेपाल कम्यूनिष्ट पार्टीका सुदूरपश्चिम अध्यक्ष तथा पूर्व मन्त्री कणबहादुर थापा, प्रदेश सभामा विपक्षी दलका नेता डाक्टर रणबहादुर रावल, सांसद रतन थापा लगायतले बोलेका थिए । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update