Hamro Patra
मिलनपुर शिविरका २० घर विस्थापित

टीकापुर, असार २३

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मिलनपुर शिविरका २० घर विस्थापित भएका छन् । वर्षाका कारण जमरा कुलामा पानीको बहाव बढेपछि मिलनपुर शिविरको बस्तीका २० घर परिवार विस्थापित भएका हुन् । 

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका विपद् शाखाका प्रमुख निर्मला चौधरीका अनुसार शिविरका २० घर परिवारलाई वडा नं. ६ स्थित नारायणपुर जेसिजको भवनमा राखिएको छ ।  भारतीय सीमावर्ती मोहना नदीमा पानीको सहत बढ्दा जमरा कुलाबाट जाने पानी बस्तीमा पसेको चौधरीले बताइन् ।

बस्तीका बाढी पीडितहरुलाई टीकापुर नगरपालिकाका नगर प्रहरी, सुरक्षाकर्मी, वडा नं. ६ का जनप्रतिनिधिहरुले र्याफ्ट बोटबाट भवनमा सारिएको नगर प्रहरी प्रमुख पहल शाहले जानकारी दिए ।  

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update