Hamro Patra
असोज १७ मा ‘बेहुली फ्रम मेघौली’ 

काठमाडौं, असार २३
आउँदो दशैंमा दुई प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ र ‘बेहुली फ्रम मेघौली’को भिडन्त टरेको छ । ‘बेहुली फ्रम मेघौली’ले गीत सार्वजनिक गर्दै १७ असोज (घटस्थापना) लाई प्रदर्शन मिति तय गरेको छ ।

अब घटस्थापनामा अर्जुन कुमारको ‘सानो संसार’सँग निश्चल बस्नेतको उक्त फिल्म एकसाथ आउनेछ । ‘छक्कापञ्जा’को पाँचौं श्रृंखलाले २४ असोज फूलपातीलाई रिलिज मितिको रुपमा घोषणा गरिसकेको छ ।

Khadga Memorial And Janajagriti

‘बेहुली फ्रम मेघौली’को नयाँ गीतमा ‘छक्कापञ्जा’ निर्देशक दीपाश्री निरौला फिचर्ड हुनु ‘समय र सन्दर्भ’को हिसाबले अर्थपूणर् छ । दीपाश्रीको उक्त गीतको फिचर्डलाई दुई फिल्मको सम्भावित भिडन्त टरेको रुपमा बुझिएको छ ।

फूलपातीमा दुई ठूला फिल्म जुध्ने सम्भावना भने टरेको छैन । उक्त मितिमा विराज भट्टको फिल्म ‘१२ गाउँ’ आउने सम्भावना रहेको वितरक गोविन्द शाहीले बताए । ‘निधो भइसकेको छैन तर सो मितिमा यो फिल्म आउने सम्भावना छ,’ शाहीले भने ।

यसैबीच, तिहारको लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर ‘एक्सन’ र पल शाह स्टारर ‘मायावी’बीच भिडन्त हुने बलियो सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update