बाढीको कहर
बाढी पहिरोमा परी दुईको मृत्यु
टीकापुर, असार २३
दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण सुदूर पश्चिममा बाढी र पहिरोमा परी दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको छ ।
भातकाँडास्थित खानेपानीको मुहान सफा गर्न गर्न गएका पनेरुको माथिबाट आएको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिवारदेखि सम्पर्क बिहीन डोटीको दीपायल-सिलगढी नगरपालिका वडा नं. ७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट आइतवार खोलासैन सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्