Hamro Patra
महाकालीमा पानीको बहावः पुलमा सवारी आवागमनमा रोक
CMA Staff

टीकापुर, असार २३ 

महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार शनिबार साँझ महाकालीमा पानीको बहाव १ लाख २१ हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिकै ठूला सवारी साधन आवागमनमा रोक लगाइने गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update