Hamro Patra

टीकापुर, मंसिर २५

निर्माण अवधि सकिन एक महिना बाँकी रहँदा कैलालीको लम्की–टीकापुर–खक्रौला सडक खण्डको निर्माण कार्य झण्डै ३० प्रतिशत मात्रै भएको छ । तीस महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति गर्ने कार्यको प्रगति समयावधि सकिनै लाग्दा समेत ३० प्रतिशत मात्रै भएको हो ।

लम्कीदेखि खक्रौलासम्मको २९.७ किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो । लम्कीदेखि पथरैयासम्मको पहिलो खण्डको प्रगति केही भए पनि पथरैयादेखि अस्नेहरी र अस्नेहरीदेखि खक्रौलासम्मको सडक खण्डको प्रगति भने न्यून छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
Weather Update