Hamro Patra
विश्वकप बिजेता र उपबिजेताले कति पाए ?

एजेन्सी, असार १६
सन् २०२४ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि भारतले आफ्नो नाम गरेको छ । शनिवार भएको फाइनल खेलमा साउथ अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले हराउँदै भारतले १७ वर्ष पछि उपाधि आफ्नो नाम गरेको हो ।

यस वर्षको विश्वकप क्रिकेटमा भारत अपराजित रहँदै उपाधि हात पारेको छ । आईसिसीले टी–२० विश्वकपका लागि ११.२५ मिलियन डलर अर्थात् ९३ करोड ५१ लाख भारतीय रुपैयाँको पुरस्कार घोषणा गरेको थियो । जसमा विजेता भारतले २० करोड ३६ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता साउथ अफ्रिकाले १०.६४ करोड भारतीय रुपैयाँ हासिल गरेको छ ।

Khadga Memorial And Janajagriti

यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ ।

सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वभरका २० टीमले सहभागीता जनाएका थिए । जसमा सुपर ८ को दोस्रो राउन्डबाट अघि नबढेका टीमलाई ३ करोड १७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै ९ देखि १२ औँ स्थानसम्म रहेका टीमलाई २ करोड ५ लाख प्रदान गरियो भने १३ औँ देखि २० औँ स्थानसम्म रहेका टीमलाई १ करोड ८७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ । त्यसबाहेक पहिलो र दोस्रो राउन्डको खेलमा जित निकाल्ने टीमलाई २५ लाख ८९ हजार भारतीय रुपैयाँ प्रदान गरिएको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update