आगामी तीन दिन नदीमा पानीको सतह बढ्ने
टीकापुर, असार १६
बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने जनाएको छ । महाशाखाले बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार कोशी, नारायणी र कर्णाली नदीहरुमा पानीको सतह उच्च हुनेछ । यसका सहायक नदीहरुमा पानीको सतह बढ्ने देखिन्छ ।
त्यस्तै बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह समेत उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीहरुमा पनि बहाव बढ्ने छ । केही नदीमा आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान छ ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ १२:०६
प्रतिक्रिया दिनुहोस्