Hamro Patra
विश्वकप बिजेता बन्यो भारत
Khadga Memorial And Janajagriti

एजेन्सी, असार १६
भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी–२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी–२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी–२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा अलआउट भएर १६८ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update