कैलालीमा ४० प्रतिशत मात्रै रोपाई
टीकापुर, असार १६
धान दिवस अर्थात असारको १५ सम्म पनि कैलालीमा ४० प्रतिशत खेतमा मात्रै रोपाइ सकिएको छ ।
जिल्लाको कुल ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाइ हुने गरेकोमा अहिलेसम्म ४० प्रतिशत खेतमा मात्र रोपाइ सकिएको हो । विगत वर्षहरुमा असारको १५ गतेसम्म ८० प्रतिशत खेतमा रोपाइ हुँदै आएको थियो ।
तर, यो वर्ष खडेरीका कारण ६० प्रतिशत धानखेतमा रोपाइ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरुले जानकारी दिए । उनले सिँचाइ सुविधा नभएका क्षेत्रमा किसानले रोपाइ गर्न नपाएको बताए ।
समयमा रोपाइ सुरु नहुँदा उत्पादनमा कमी आउने विज्ञहरुको तर्क छ ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ १२:०६
प्रतिक्रिया दिनुहोस्