Hamro Patra
मन्त्रालय फुटाएर मुख्यमन्त्रीले दिए मन्त्रीलाई जिम्मेवारी

टीकापुर, असार १६

सात मन्त्री र चार राज्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर १० जनालाई मन्त्रीको जिम्मेवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री सोडारीले आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको बताए ।

CMA Staff

उनका अनुसार आज नै पाँचै जनाले पदभार ग्रहण गर्ने भएका छन् । सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको हो ।

भौतिक फुटाएर बनाइएको मन्त्रालयमा मन्त्रीमण्डलको दोस्रो वरियतामा रहेका नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी वि.क.लाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ती मध्ये ५ जनाले जिम्मेवारी पाएका थिएनन् ।

यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकास मन्त्री बनेका थिए । त्यसअघि जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।

सुदूरपश्चिममा विगतमा सात पूणर् र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डल बनाउने गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update