Hamro Patra
युनियनको शुभकामना आदानप्रदान

टीकापुर, असार १५

नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाले असार १५ अर्थात धान दिवसको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Khadga Memorial And Janajagriti

शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका बारेमा समेत छलफल भएको छ । छलफलमा बोल्दै सहभागीहरुले महासंघका जिल्ला, प्रदेश र केन्द्रमा युनियनका उम्मेदवारलाई विजयी गराउने कुरामा एकमत हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जमुना न्यूरेले महासंघको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताईन । उनले युनियनमा हुने गुटबन्दीको अन्त्य हुनुपर्ने बताईन ।

सोही अवसरमा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का निवर्तमान सभापति तथा युनियनका नेता भुवनेश्वर अधिकारीले युनियनकर्मी बिचको एकता नै तागत भएको बताए । उनले विगतमा भएका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पत्रकार महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न चुनौती थपिएको बताए । उनले महासंघको गरिमालाई ख्याल गर्दै सहज ढंगले नेतृत्व चयनमा सघाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, नेपाल प्रेस युनियन कैलालीका निवर्तमान अध्यक्ष श्रवण देउवा लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update