Hamro Patra
स्थानीयले थुने गाउँपालिका परिसरमा छाडा गाईवस्तु

टीकापुर, पुष १
स्थानीयले जानकी गाउँपालिका परिसरमा छाडा गाईवस्तु थुनेका छन । विभिन्न गाउँबाट आएका स्थानीयले विरोध स्वरुप यस्तो कार्य गरेका हुन ।

स्थानीयले छाडा गाईवस्तुका कारण खेतीबाली जोगाउन समस्या भएकाले गाउँपालिका परिसरमा थुनेका हुन । उनीहरुले गाउँपालिकाले छाडा गाईवस्तु व्यवस्थापनमा पहल नगरेको आरोप लगाएका छन ।

Khadga Memorial And Janajagriti

स्थानीयले छाडा गाईवस्तुका कारण गहुँ, मसुरो, तोरी लगायतका बाली जोगाउन निकै समस्या भएको गुनासो गरेका छन । स्थानीय तहले छाडा गाईवस्तु व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखेर काम गरेको भनेपनि त्यसो गर्न नसकेको स्थानीयको आरोप छ ।

गाउँपालिकामा सोमवार मात्रै सर्वपक्षीय बैठक बसेर छाडा गाईवस्तु नियन्त्रण गर्ने निर्णय भएको थियो । निर्णय अनुसार गाउँपालिकाको पहलमा सबै छाडा गाईवस्तु जम्मा पारेर नजिकैको छतिवन वन क्षेत्रमा छोड्ने सहमति भएको थियो ।

छाडा गाईवस्तु नजिकैको वन क्षेत्रमा छोड्ने सहमति भएपनि स्थानीयले एकाएक गाउँपालिका परिसरमा ल्याएर थुनेका छन । गाउँपालिका परिसरमा छाडा गाईवस्तु थुनेपछि कामकाज प्रभावित बनेको छ ।

स्थानीयले गाउँपालिका परिसरमा छाडा गाईवस्तु थुनेर मुख्य प्रवेशद्वारमा ताला लगाएका छन ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update