कांग्रेस नेता जोशीले गरे विद्यालयलाई १ लाख ११ हजार सहयोग
डोटी, ५ असार
नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् ।
बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंह र प्रधानअध्यापक खड्क बहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरे ।
नेपाली काँग्रेसका नेता जोशीले विद्यालयको पठन पाठन र गुणस्तीय शिक्षामा योगदान पु¥याउने उद्देश्यले सहयोग गरेको बताए ।
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ १६:०६
प्रतिक्रिया दिनुहोस्