डोटी, ५ असार
डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत तीन जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पु¥याए वाफत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव(एसपी) सोपकोटालाई सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दन पत्र प्रदान गरे ।
विद्यालयको गुणस्तर बृद्धि तथा पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले बिद्यार्थीहरुको पोशाक, झोला, छात्रबृति र पुस्तकालय स्थापनाका लागि दीर्घराज उपाध्यायद्धारा थालिएको अभियानमा बरिष्ठ उद्योगपति अग्रवाल, समाजसेवी सापकोटाले उल्लेख्य सहयोग गरेका थिए ।
सोही समारोहमा पुस्तकालय, छात्रबृति र झोला लगायतका सामग्री प्रदान गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, बाल्मिकी ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरेको थियो ।