Hamro Patra
पाँच दिनदेखि मनिकापुरका खुशीराम बेपत्ता

टीकापुर, असार ४

कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरका झण्डै ५५ वर्षीय खुशीराम चौधरी पाँच दिनदेखि बेपत्ता भएका छन् । स्थानीय अनन्त खड्काले दिएको जानकारी अनुसार चौधरी जेठ ३२ गते दिउँसोबाट बेपत्ता भएका हुन् ।

सोही गाउँका स्थानीय जोधलाल चौधरीको घरमा दिउँसो मदिरा सेवन गरेका चौधरी स्थानीय रानी कुलोमा पसेका थिए । सो यता उनको अवस्था अज्ञात छ ।

Khadga Memorial And Janajagriti

स्थानीयले साँझ घर नपुगेपछि उनको खोजी गरेका थिए । प्रहरी र स्थानीयको सक्रियतामा रानी कुलामा खोजी कार्य जारी राख्दा समेत चौधरीको अवस्था पत्ता लाग्न नसकेको खड्काले बताए ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले स्थानीयले जेठ ३२ गते राति मात्रै प्रहरीलाई खबर गरेकाले असार १ गतेदेखि नै खोजतलास जारी राखेको बताए ।

राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना अन्तर्गत रहेको रानी कुलामा वर्षायाममा रोपाईका लागि पर्याप्त पानी रहेकाले समेत खोजतलासमा समस्या परेकाले नहर नै बन्द गरेर आज समेत विहानैदेखि खोजी कार्य जारी राखेको डिएसपी अधिकारीले बताए ।

स्थानीयबासीले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन् । नदीमा डुब्ने अवस्थामा रहेका उनीबारे उनको परिवारलाई राति मात्रै खबर गरिएको थियो । मदिरा सेवन गरेर कुलामा पसेका खुशीराम सोही समयदेखि बेपत्ता छन् । खुशीरामका दुई छोरा र एक छोरी कामको खोजीमा भारतमा छन भने घरमा उनको श्रीमती छन् ।

पाँच दिनदेखि बेपत्ता भएका खुशीरामको खोजी गर्न स्थानीयबासी, प्रहरीसँगै नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल विहानैदेखि घटनास्थलमा खटिएको छ ।

नेपाल तरुण दल कैलाली क्षेत्र नं. १ का अध्यक्ष कल्पेस कुँवरले पाँच दिनदेखि बेपत्ता भएका खुशीरामको खोजी गर्न स्थानीय, प्रहरीसँगै तरुण दलका युवाहरु परिचालन गरिएको बताए ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update