Hamro Patra
एमालेले थाल्यो वडा कमिटी विस्तार

टीकापुर, जेठ ३०

नेकपा एमाले टीकापुरले वडा कमिटी विस्तार गर्न थालेको छ । आज एक कार्यक्रमका बिच नेकपा एमालेले वडा नं. ५ मा मानबहादुर के.सी. मुस्कानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

CMA Staff

नगर अध्यक्ष लक्ष्मण थापाले दिएको जानकारी अनुसार कमिटीको उपाध्यक्षमा मखन रावल, सचिव पुरन वि.क., उपसचिवद्धय गोकुल चौधरी र भरुनी बुढा चयन भएका छन् । वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

त्यस्तै मंगलवार वडा नं. ८ मा समेत एमालेको वडा कमिटी गठन गरिएको छ । वडा भेलाले प्रतापसिंह साउँदको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा नन्दसिंह तिरुवा, सचिवमा योगेन्द्र साउँद, उपसचिवद्धय फूलकुमारी चौधरी र मनसरा साउँद रहेका छन् । अन्य वडामा समेत वडा कमिटी विस्तार गर्न लागिएको एमालेले जनाएको छ ।

सहयोग हस्तान्तरण

यसैबिच नेकपा एमालेले टीकापुरले नगर कमिटीका पूर्वसदस्य टीकापुर नगरपालिका वडा नं. ४ बाघमाराका पुरन चौधरीकी आमा ६२ वर्षीय कालीदेवी थरुनीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

लामो समयदेखि दुबै किड्नीमा समस्या देखिएपछि उपचार गराई रहेकी उनको उपचारका लागि तत्काल २० हजार १० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । थरुनीको उपचारमा सहयोग पुर्याउन पार्टीबाट संकलित सहयोग रकम उनका छोरा पुरन चौधरीलाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update