Hamro Patra
दिगो विकास लक्ष्यमा आधारित परियोजना विकास

टीकापुर, जेठ ३०

दिगो नेतृत्व विकास तालिम निःशुल्क प्रदान गर्दै आइरहेको युनाइटेड पिपल ग्लोबलले दिगो विकास लक्ष्यमा आधारित परियोजना विकासबारे जानकारी दिएको छ ।

विभिन्न देशका ५ शय बढी युवाहरु सहभागी भइरहेको तालिममा दिगो विकास लक्ष्यमा आधारित परियोजना विकासबारे जानकारी दिइएको हो । नौ हप्तासम्म अनलाइनमार्फत् सञ्चालित तालिमको पाठ्यक्रममा व्यक्तित्व विकास र व्यावसायिक विकासका विषयहरु समावेश छन ।

CMA Staff

दिगो विकास लक्ष्यमा आधारित परियोजनाको अवधारणाले तालिम पूरा गरिसकेपश्चात् दिगो विकासका १७ वटा लक्ष्य मध्ये कुनै एक लक्ष्यमा आधारित अभ्यास गरेको छ ।

परियोजना अवधारणाको विकास गर्न युनाइटेड पिपल ग्लोबलको साझेदार संस्था अमेरिकास्थित हरिकेन आइल्यान्ड सेन्टर फोर साइन्स एण्ड लिडरसीपले सहयोग गरिरहेको छ ।

सो साझेदार संस्थाका कार्यकारी निर्देशक बो होपिनले दिगो विकास लक्ष्य परियोजनाको अवधारणबारे प्रशिक्षण दिएको तालिमका सहभागीहरु बताउँछन् ।

होपिनले नौ हप्ताको तालिम अवधिभर प्रत्येक हप्ता एउटा कक्षा सञ्चालन गर्दै आएका छन् । तालिममा १७ वटा दिगो विकास लक्ष्यको बारेमा प्रशिक्षार्थीहरुलाई अभ्यस्त बनाइन्छ । त्यस्तै प्रशिक्षार्थीलाई उक्त १७ वटा लक्ष्य मध्ये आफ्नो क्षेत्रसँग सम्बन्धित एक लक्ष्य छनौट गरी परियोजना अवधारणा तयारी गर्न प्रोत्साहन गरिन्छ ।

परियोजना अवधारणा, तयारी, विधि वैज्ञानिक र तथ्यमा आधारित परियोजना अवधारणा वा प्रस्तावपत्रसँग मिल्दोजुल्दो हुनुपर्ने नेपालबाट सहभागी प्रशिक्षार्थी एलिजा ढकालले बताइन् ।

परियोजना अवधारणा तयारी गरिरहेका अर्का प्रशिक्षार्थी आयुषजंग थापाका अनुसार अवधारणा निर्माण गर्दा सरकारको नीति निर्माण, योजना विकास र निर्णय प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्नुपर्ने हुन्छ ।

थापाको अनुसार उनको परियोजना दिगो विकास लक्ष्य ११ अर्थात् दिगो सहर तथा समुदाय निर्माणमा आधारित रहेको छ । शहरी विकासका विद्यार्थी तथा विकास परियोजनामै कार्यरत रहेका प्रशिक्षार्थी थापाले तयार गरेको परियोजनामा नेपालमा विशेषगरी स्थानीय सरकारको नीति तथा योजना निर्माण, निर्णय प्रक्रियाहरूमा नागरिक सहभागिता न्यून हुने गरेको विषय मुख्य रुपमा छ ।

विकास निर्माणका योजना निर्माण गर्दा नागरिकको राय सुझाव बिना बनाइएको नीति तथा योजना र निर्णयहरूले नागरिकको मर्म र समस्यालाई समाधान गर्न नसक्ने गरेको थापाले बताए ।

आफ्नो परियोजना अवधारणाले सरकारको नीति तथा योजना निर्माण र निर्णय प्रक्रियालाई सहभागितामूलक बनाउन परियोजनामा स्थानीय सरकारलाई नागरिकसँग नजिक गराउने विधि तथा नागरिकलाई पनि सरकारसँग समन्वय गर्न क्षमता अभिवृद्धि तथा सचेतनामूलक विधिहरुबारे समेटेको छ । उक्त अवधारणाले विकास निर्माण गर्दा नागरिक सहभागिता सुनिश्चित गर्नुपर्ने तथ्यलाई जोड दिएको बताइन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update