Hamro Patra
एनआइसी एसिया बैंकद्धारा दुर्घटना विमाको १० लाख भुक्तानी

टीकापुर, जेठ २८

एनआइसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका कैलारी गाउँपालिका वडा नं. ६ खरुवाखेराका रतिराम चौधरीको परिवारलाई दुर्घटना विमा वाफत्को रकम भुक्तानी हस्तान्तरण गरेको छ ।

नेपाल विद्युत प्राधिकरण जोशीपुरमा कार्यरत चौधरीले बैंकले शुरु गरेको पेरोल बचत खाता योजना खोलेको खाताको सुविधा स्वरुप दुर्घटना विमावाफत्को १० लाख रुपैयाँ बैंकले हस्तान्तरण गरेको हो ।

Khadga Memorial And Janajagriti

दुघर्टनामा परी ज्यान गुमाएका चौधरीकी श्रीमती फूलकुमारी चौधरीलाई बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जीवन शाहीले १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

खातावाहकलाई सुविधावाफत् विमा रकम भुक्तानी गर्दै आएको योजना अन्तर्गत आई जी आई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सहकार्यमा विमा रकम भुक्तानी गरिएको प्रदेश प्रमुख शाहीले जानकारी दिए ।

देशकै अब्बल बैंकका रुपमा रहेको एनआइसी एसिया बैंकका देशभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल रहेका छन् । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा बैंकले सेवा दिँदै आएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेर सेवा दिइरहेको शाहीले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update