Hamro Patra
पेशाकर्मीको लागि सामाजिक सञ्जाल

टीकापुर, जेठ २६

दिगो नेतृत्व विकास तालिम निःशुल्क प्रदान गर्दै आइरहेको युनाइटेड पिपल ग्लोबलमा नेपाली युवाहरू पनि भाग लिँदै आइरहेका छन । नौ हप्ते तालिमको पाठ्यक्रममा व्यक्तित्व विकास र व्यावसायिक विकासका विषयहरु मुख्य रुपमा समावेश छन । नेपालबाट संस्थाको दिगो नेतृत्व विकास तालिम लिइरहेका केही नेपाली प्रशिक्षार्थीरुका अनुसार पाठ्यक्रम अन्तर्गत व्यावसायिक विकास सम्बन्धी पाठ्यक्रममा सामाजिक सञ्जालको प्रयोग र विभिन्न पेशा र व्यवसायमा यसको महत्वका बारेमा कक्षा सञ्चालन भएको छ ।

यो कक्षाको मुख्य उद्देश्य प्रशिक्षार्थीलाई आफ्नो पेशा व्यवसाय सुधारको लागि सामाजिक सञ्जाल कसरी प्रयोग गर्दा उचित हुन्छ भन्नेमा केन्द्रित छ । प्रशिक्षार्थीका अनुसार अन्य विषयहरू झैँ सामाजिक सञ्जाल सम्बन्धी विषय पनि अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विज्ञले प्रशिक्षण दिएका थिए । \

CMA Staff

सामाजिक सञ्जाल विज्ञ माथियास लफ्केन “डिजीटिप्स“ नामक जनसम्पर्क संस्थामा “सामाजिक सञ्जाल आर्किटेक्ट“ को पदमा कार्यरत छन् । डिजीटिप्सले संसारभरका विभिन्न बहुप्रख्यात संस्था तथा सरकारी निकायहरूलाई सामाजिक सञ्जालको उचित प्रयोग सम्बन्धी परामर्श र विज्ञता प्रदान गराउँदछ ।

प्रशिक्षक माथियास लफ्केन विश्व आर्थिक फोरमको भूतपूर्व डिजिटल मिडिया प्रमुख पनि हुन । लफ्केन सरकारी निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूको डिजिटल माध्यम प्रयोग सम्बन्धी अध्ययन “ट्वीपलोमेसी“ को लागि पनि परिचित छन् ।

उक्त कक्षामा लफ्केनले व्यावसायिक र पेशागत सुधारको लागि कुन सामाजिक सञ्जाल माध्यम प्रयोग गर्दा उचित हुन्छ भन्नेबाट सुरु गरेका थिए । उनका अनुसार पेशाकर्मीको लागि विश्वव्यापी रूपमा सबैभन्दा चर्चित र प्रभावकारी माध्यम लिन्कडिन (LinkedIn) रहेको छ । उक्त माध्यम व्यवसाय तथा पेशाकर्मीका लागि निर्मित भएकाले यसको प्रयोगकर्ता पनि व्यावसायिक पृष्ठभूमिबाटै रहने गर्दछन् । यसले व्यवसायिक सम्बन्ध विस्तार तथा रोजगारी अवसरको हिसाबले यो माध्यम उचित रहेको बताए ।

लिन्कडिन पछि पेशाकर्मीको लागि दोस्रोमा एक्स (X/ट्विटर Twitter) चर्चित रहेको उनले बताए । छोटो वाक्यमा आफ्नो विचार तथा सन्देश दिन सकिने हुनाले सही ढंगले प्रयोग गर्दा यो आफ्नो लक्षित वर्गमा सन्देश प्रवाहको लागि प्रभावकारी रहेको जानकारी दिए ।

त्यस्तै तेस्रो चौथो र पाँचौँमा युट्युब (YouTube), इन्स्टाग्राम (Instagram) र फेसबुक (Facebook) समेत उचित रहेको उनको धारणा थियो । यी तिनै माध्यम विशेषगरी फोटो तथा भिडियो विज्ञापनको लागि उचित रहेको पनि लफ्केनले बताए ।

सहभागीलाई यस्ता सामाजिक सञ्जालको प्रयोगबाट व्यक्तित्व तथा क्षमता अभिवृद्धि गर्न प्रेरित मिल्ने बताइन्छ ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update