Hamro Patra
नगरपालिकालाई एमालेको सात बुँदे ध्यानाकर्षण

टीकापुर, जेठ २५

नेकपा एमाले टीकापुर नगर कमिटीले टीकापुर नगरपालिकाको जनतासँग जोडिएको विकास निर्माण, जनजीविका र सेवा प्रवाहलाई प्रभावकारी बनाउन माग गर्दै सात बुँदे ध्यानाकर्षण गराएको छ ।

Khadga Memorial And Janajagriti

एमालेका नवनिर्वाचित अध्यक्ष लक्ष्मण बहादुर थापासहितका नेता कार्यकर्तालाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीलाई पालिकाको सेवा प्रवाह र विकास निर्माणमा ध्यान दिन माग गर्दै ध्यानाकर्षण गराएको हो ।

ध्यानकर्षण पत्रमा वडा नं. १ लाई चार वडामा विभाजन गरी सोही अनुसार वडा गौरबका चार योजनामा बजेट विनियोजन गर्नुपर्ने, आ.व. ०८०/०८१ मा ढुंगा, गिट्टी, बालुवा, टीकापुर पार्कको फलफुल बगैचा, टीकापुर पार्कसँग जोडिएको आइल्याण्ड, दहत्तर बहत्तर, सन्कट्टी घाट र दौलतपुर घाट जस्ता ठेक्का बन्दोबस्त गर्नुपर्ने र चालु आर्थिक वर्षमा नगर प्रमुख/उपप्रमुखको नाममा भागबण्डा गरी करोडौं रुपैयाँ आफ्ना नजिकका र अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरि जनताको करबाट उठाएको रकमको चरम दुरुपयोग भएकोमा त्यस्ता बजेटलाई निरुत्साहन गर्न भनिएको छ ।

त्यस्तै पालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालयमा भइरहेको प्रशासनिक ढिलासुस्तीले सेवा प्रवाहमा व्यापक जनगुनासो रहेकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त गराउन, वर्षायाममा किसानहरुलाई सहज रुपमा बिउबिजन र मल खाद्य उपलब्ध गराउन, अनुत्पादक क्षेत्रको बजेटलाई निरुत्साहित गरी उत्पादनमुलक क्षेत्रमा बजेट विनियोजन गरि रोजगारी सिर्जना गर्न र समुदायस्तरमा निर्माण भएका भवनहरुलाई सबैको प्रयोजन हुने गरी खोप केन्द्र, गाँउघर क्लिनिक जस्ता अति आवश्यक सेवाका लागि बहुउद्देश्यीय सामुदायिक भवनको रुपमा प्रयोग गर्न ध्यानाकर्षण गरिएको छ ।

पालिकालाई बुझाइएको ध्यानाकर्षण पत्रमा महालेखा परीक्षकले औल्याएका सुझावहरुलाई कार्यान्वयन गर्दै वित्तिय अनुशासन र सुशासनको क्षेत्रलाई बलियो बनाउन महालेखा परीक्षकले औल्याएका सुझावहरुलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

जनतासँग प्रत्यक्ष जोडिएको विषयमा नगरपालिका गम्भीर नभएकाले ध्यानाकर्षण गराइएको अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update