Hamro Patra
विप्लब नेतृत्वको नेकपाले जनकारवाही गर्ने

टीकापुर, मंसिर २७
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही अघि बढाउने निर्णय गरेको छ । सो पार्टीको वर्गीय संगठन थारुवान स्वायत्त जनपरिषदको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

जनपरिषद प्रमुख रामबहादुर थारु महानको अध्यक्षतामा सम्पन्न बैठकले भ्रष्ट र जनविरोधी माथिको जनकारवाहीलाई अघि बढाउने निर्णय गरेको छ ।

Khadga Memorial And Janajagriti

बैठक पश्चात जारी गरिएको प्रेस विज्ञप्तीमा बैठकले कञ्चनपुरदेखी दाङ जिल्लामा हुने भ्रष्टाचार, अनियमितता, वन विनाश, कालोबजारी, तस्करी, जग्गा दलाली, मिटर ब्याजी, महिला हिँसा, राज्यका तर्फबाट हुने दमन, सिमा अतिक्रमण, नदी खोलामा भैरहेको ढुंगा बालुवा संकलन लगायतमा निगरानी र नियन्त्रण गर्ने निर्णय गरेको उल्लेख छ ।

बैठकले सम्पूर्ण जनविरोधी र राष्ट्र विरोधी कार्यको सशक्त विरोध र निगरानी गर्दै सत्ता पक्षका कामकारवाही निषेध गर्ने निर्णय समेत गरेको छ ।

बैठकले जनतामा समानान्तर सत्ताको अनुभूति गराउन भन्दै विभिन्न विभाग र मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेको छ । तर कुन व्यक्तिलाई के जिम्मेवारी दिईएको छ भन्ने बारेमा विज्ञप्तीमा उल्लेख छैन । उसले हरेक जिल्लामा नमूना कार्य र हरेक क्षेत्रमा उत्पादन कार्य गर्दै जनताको सेवा, सुरक्षा र विकासमा सकृय सहभागीता जनाउने निर्णय समेत गरेको छ ।

बैठकले थारुवान स्वायक्त क्षेत्रमा थारु जातिको मूल पहिचानलाई मुख्य बनाउदै अन्य जातीय समूहको समानुपातिक समावेशीतालाई ग्यारेन्टी गर्ने र वर्गीय मुक्तिको प्रश्नलाई केन्द्रमा राख्ने निर्णय गरेको छ ।

बैठकले पार्टीमाथि लगाईएको प्रतिबन्ध र दमन, राष्ट्रियता र मुक्तिको लागि संघर्षरत कार्यकर्ताको गैरकानूनी गिरफ्तारी लगायतमा जनपरिषदले संघर्ष गर्ने निर्णय गरेको छ ।

विज्ञप्तीमा बैठक कुन ठाउँमा सम्पन्न भएको भन्ने बारेमा कुनै उल्लेख छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update