Hamro Patra
नेकपा एमाले टीकापुरको अध्यक्षमा थापा

टीकापुर, जेठ २२

नेकपा एमाले टीकापुरको दशौँ नगर अधिबेशनले अध्यक्षमा लक्ष्मण थापालाई सर्वसम्मत चयन गरेको छ । जेठ १७ गते शुरु भएको अधिवेशनले एमालेको युवा संगठन युवा संघ नेपालका कैलाली अध्यक्ष रहेका थापालाई सर्वसम्मत चयन गरेको हो ।

Khadga Memorial And Janajagriti

त्यस्तै नगर कमिटीको उपाध्यक्षमा विजय सार्की, सचिवमा भानुभक्त जैसी, उप सचिवमा लिला चौधरी र बलबहादुर वि.क. सर्वसम्मत चयन भएका छन् ।

४९ सदस्यीय नगर कमिटिको आजै एक कार्यक्रमका बिच पदस्थापन गरिएको छ ।

अधिवेशनले लालबहादुर साउँदको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसमा सुरत रावल र मीना चौधरी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update