Hamro Patra
टीकापुर महोत्सव माघ ९ देखी १९ गतेसम्म

टीकापुर, मंसिर २३
टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलन गरी माघ ९ देखी १९ गतेसम्म महोत्सव आयोजना गर्ने जानकारी दिएको छ ।

संघका कार्यवाहक अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यसवर्षको महोत्सवको नारा ‘औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना ः सुदूरपश्चिमको परिकल्पना’ रहेको बताईएको छ ।

Khadga Memorial And Janajagriti

महोत्सव सफल बनाउन उपाध्यक्ष समेत रहनु भएका सापकोटाको संयोजकत्वमा आर्थिक उपसमिति र सचिव गणेशराज रेग्मीको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति चयन भएको जानकारी दिईएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवमा हरेक वर्ष झैं यसवर्ष पनि थारु गाउँ र मगर गाउँ निर्माण गरिने कार्यवाहक अध्यक्ष सापकोटाले जानकारी दिए । उनले महोत्सवमा २५० स्टल रहने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ३५ वटा स्टल निशुल्क उपलब्ध गराईने बताएका छन । जसमा २० वटा स्थानीय उत्पादन र १५ वटा कृषितर्फ रहेका छन ।

त्यस्तै यसवर्ष समेत महोत्सव अवलोकनका लागि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतलाई निशुल्क प्रवेशको सुविधा रहेको जानकारी दिईएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवद्र्धनलाई सहयोग पुग्ने उद्देश्य सहित स्थानीय कलाकारको सहभागीतामा जोड दिईएको बताईएको छ । सचिव रेग्मीले स्वागत गरेको पत्रकार सम्मेलनको सञ्चालन महासचिव तपेन्द्र स्वाँरले गरेका थिए । संघले विगत २०६५ सालदेखी निरन्तर महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update