टीकापुर, जेठ १
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा सङ्घ नेपालको ३५औं स्थापना दिवस कैलालीमा मनाइएको छ ।
युवा संघ कैलालीले स्थापना दिवसको अवसरमा अवसरमा शिवपुरीधाम धनगढीमा सरसफाई गरेको छ ।
स्थापना दिवसकै अवसर पारेर मानवहरूका लागि सहारा दिँदै आएको बर्दगोरिया स्थित सहारा घरमा संघले खाद्य सामग्री, दाल, चामल, नुन, तेल, तरकारी, जुस सहित लत्ता कपडा वितरण वितरण गरेको जिल्ला अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए।
'स्थापना दिवसको अवसरमा धाम क्षेत्रमा सरसफाई गर्नुका साथै सहारा घरलाई खाद्यान्न लगायत सामग्री सहयोग गरेका छौं' जिल्ला अध्यक्ष थापाले भने 'पालिका स्तरमा पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको छ।'
कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज उमेश तुलाचन, एमाले कैलालीका सचिवालय सदस्य टंकराज ओली, युवा सङ्घका प्रदेश अध्यक्ष अरुण कुँवर, स्थायी कमिटी सदस्य द्वय भरत शाह, गणेश महरा लगायतलगायतको उपस्थिति रहेको थियो।