Hamro Patra
कर्णाली विश्वनाथ धामको शिलान्यास

टीकापुर, बैशाख २८

टीकापुर नगरपालिका वडा नं. ५ स्थित दौलतपुर घाटमा आज एक समारोहका बीच कर्णाली विश्वनाथ धामको शिलान्यास गरिएको छ । टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले धामको शिलान्यास गरेका हुन ।

CMA Staff

कर्णाली नदी किनारमा निर्माण हुने धाम अन्र्तगत हनुमान मन्दिरको शिलान्यास गरिएको कर्णाली विश्वनाथ धामका अध्यक्ष टीकाराम जैशीले जानकारी दिए । उनले पहिलो चरणमा हनुमान मन्दिर निर्माण हुने र अन्य मठ मन्दिर क्रमिक रुपमा निर्माण हुने बताए ।

धामको शिलान्यास गर्दै मेयर थारुले टीकापुरको विकासमा टेवा पुग्ने बताए । उनले धार्मिक आस्थाको विकासले मानिसलाई अनुशासित बनाउने समेत बताए । उनले धामको निर्माणमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन ।

सोही अवसरमा ईश्वर चैतन्यजी महाराजले धामको स्थापना पश्चात कर्णाली नदीको धार्मिक महत्वका बारेमा उजागार हुने बताए । उनले कैलाश मानसरोवरबाट उत्पत्ति भएर गंगासागरमा मिसिएको कर्णाली नदी धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको बताए ।

टीकापुर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कर्णाली विश्वनाथ धाम निर्माण गर्न थालिएको हो । आगामी दुई वर्षभित्र कर्णाली नदीमा सन्त समागम महाकुम्भ मेलाको आयोजना गर्ने उद्देश्य धामले लिएको छ ।

कैलालीको चिसापानीदेखि खक्रौलासम्म रहने धाम क्षेत्रमा नियमित गंगा आरती हुने, कर्णाली नदीमा मोक्षधाम, यज्ञशाला, धर्मशाला, गौशाला आदि निर्माण गरिने समितिका अध्यक्ष जैशीले बताए । पद्मप्रकाशेश्वर महादेव मन्दिर सत्ती, कैशालेश्वर महादेव मन्दिर टीकापुर समावेश गरी धाम क्षेत्रको विकास गरिने उद्देश्य रहेको छ ।

कर्णाली नदीको दौलतपुरदेखि टीकापुर पार्कसम्मको कर्णाली नदीमा १ किलोमिटर क्षेत्रमा गंगास्नान स्थल निर्माण गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update