Hamro Patra
नगरस्तरीय बाल भेला सम्पन्न

टीकापुर, वैशाख १०

कैलालीको टीकापर नगरपालिका वडा नम्बर १ मा नगरपालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ ।

Khadga Memorial And Janajagriti

टीकापर नगरपालिकाको समन्वय,वर्ल्ड भिजन इन्टरनेशनल नेपाल/बाल कल्याण संघको आर्थिक सहयोग,पालिका स्तरीय बाल सञ्जाल र बाल अधिकार समितिको आयोजनामा कार्यक्रम भएको हो।

 बाल सञ्जालका समितिका उपाध्यक्ष अर्पना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकपुर नगरपालिका कार्यपालिका सदस्य कैलाशपति चौधरी रहेकि थिइन ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य चौधरले आर्थिक वर्ष २०८१/०८२ मा बालबालिकाहरूको लागि बजेट विनियोजन गर्न पहल गर्ने बताइन् ।

कार्यक्रममा बालबालिकाहरूले बाल भेलामा सहभागी भएर बालबालिका सवाल पहिचान गरी कार्य योजना बनाएका छन् । बालबालिकाहरूलाई मन पर्ने, मन नपर्ने ,जोखिमका स्थान, परिकल्पना लगायतको विषयमा छलफल गरिएको छ। 

नेपालको संविधान‌मा भएका व्यवस्था र नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिव्द्ता, विद्यमान कानुन, नीति, ऐन, योजना र कार्यक्रमलाई मध्यनजर गर्दै टीकापुर १देखि ९ वडा‌का बालबालिका बाल क्लबका प्रतिनिधि बालबालिकाहरुको सहभागीतामा छलफल, सामुहिक कार्य, प्रश्नोतर, चित्रनक्सांकन, अन्तक्रिया जस्ता विधिको प्रयोगबाट नगरपालिकास्तरिय बाल भेला सम्पन्न भएको हो ।

भेलाले नगरपालिकाका बालबालिकाहरुका सवाल पहिचान गरि ति सवालहरु न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्ष २०८१/८२ कालागि योजना छनौट गर्ने क्रममा बालबालिकाका सवाललाई प्राथमिकरण गरि सोही अनुसारका कार्यक्रम सञ्चालन तथा कार्यान्वयन गर्नुका साथै बालमैत्री वडा तथा नगरपालिका घोसणा गर्नकालागी ध्यानाकर्षण पत्र टीकापुर नगरपालिकाकि कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update