टीकापुर, वैशाख १
पूर्व राजा ज्ञानेन्द्र शाह अचानक कैलालीको टीकापुरमा पुगेका छन्।
नेपालगञ्ज देखि चिसापानी, लम्की हुँदै पूर्व राजा शाह टीकापुर पुगेका हुन् ।
पूर्व राजा शाह आफ्नो परिवारसहित चारवटा सवारी साधनसहित टीकापुर पुगेका हुन्।
समाचार स्रोतका अनुसार पूर्व राजा शाह टिकापुर नगरपालिका वडा नं ४ मौरनिया स्थित उनका पारिवारिक आफन्त राजिव विक्रम शाहको घरमा आएका हुन ।
पूर्व राजा शाहले टिकापुर क्षेत्रका पुराना व्यवसायी पदमबहादुर बमलाई अस्नेरीमा भेट गरेको जनाइएको छ ।
विसं २०२४ सालमा तत्कालीन राजा महेन्द्रले टीकापुर बाट २८ दिन राजकाज सञ्चालन गरेका थिए। पूर्व राजा शाहको परिवारले पछिल्लो समय टीकापुरमा आउजाउ बढाइरहेका छन् ।
केही समयअघि पूर्व युवराज पारस शाह सतीस्थित पदम प्रकाशेश्वर मन्दिरमा पूजाआजाका लागि आएका थिए।