Hamro Patra
नागरिक उन्मुक्ति: थप एक प्रदेश सभा सदस्यलाई कारवाही

टीकापुर, चैत्र ३०

प्रदेश सरकार गठनको एकदिन अगाडि नागरिक उन्मुक्ति पार्टीले आफ्ना एक प्रदेश सभा सदस्यमाथि कारवाही गरेको छ ।

सत्ता समिकरण बद्लिएसँगै विवादमा चुलिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरी कारवाही गरेको हो ।

Khadga Memorial And Janajagriti

यसअघि पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई समेत निलम्बन गरिएको थियो । चौधरी र गिरी कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै प्रदेश सभा सदस्य चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाएकी छन् ।

निलम्बन गरिएको पत्रमा अति महत्वपूणर् र गम्भीर विषयमा छलफल गरी निणर्य गर्नुपर्ने भनी पटक पटक बोलाइएकोमा बैठकमा उपस्थित नभएको र पार्टी अध्यक्ष चौधरीलाई लेखिएको स्पष्टीकरण चित्त बुझ्दो नभएकाले तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

‘पार्टीको अन्तरिम विधान २०७८ धारा १७(क) को २,४ र ५ बमोजिम कार्य गरेकोले पार्टीको केन्द्रिय कमिटीको मिति २०८०।१२।३० गतेको निणर्य बमोजिम निजलाई ३ महिनाको लागि निलम्बन गरिएका व्यहोरा जानकारी गराउदछु’ अध्यक्ष श्रेष्ठद्धारा पठाइएको पत्रमा भनिएको छ ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा चैत्र २२ गते कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि बैशाख १ गतेसम्मको समय दिएका छन् ।

सरकार गठनको म्याद सकिन एक दिन मात्रै बाँकी रहेका बेला ७ सदस्य रहेको उन्मुक्तिका दुई सदस्य निलम्बनमा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update