नाउपाका साँसद गिरी पदमुक्त
धनगढी, चैत २६
नागरिक उन्मुक्ति पार्टीका एक प्रदेश सभा सदस्य पदमुक्त भएका छन । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीको निर्देशन भन्दै प्रदेश सभाले सो पार्टीका सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेको छ ।
प्रदेश सभा सचिव देवबहादुर बोगटीले राजनीति दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम साँसद गिरी पदमुक्त भएको सूचना टाँसेको उल्लेख गरेका छन ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।
समाचार स्रोतका अनुसार गिरीको ठाउँमा पार्टीले तीर्थ बोहरालाई पठाउने भएको छ । टीकापुर नगरपालिका वडा नं. १ का बोहरा सुदूरपश्चिम प्रदेश सभा सदस्य हुने निश्चित भएको स्रोतको भनाई छ ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १७:०४
प्रतिक्रिया दिनुहोस्