Hamro Patra
टीकापुरमा महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईयो

टीकापुर, मंसिर १९
टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले स्वस्थ नागरिक जन्मिनुमा महिला स्वास्थ्य स्वयमसेविकाको ठूलो भूमिका रहेको बताएका छन ।

नगरपालिकाले बिहिवार (आज) १६ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रावलले स्वस्थ नागरिकले मात्रै स्वस्थ नगर र स्वस्थ राष्ट्रको कल्पना गर्न सकिने बताए ।

Khadga Memorial And Janajagriti

उनले फराकिलो मन भएकाहरु मात्रै महिला स्वास्थ्य स्वयमसेविका बन्न सक्ने बताउँदै जस्तोसुकै पुरस्कारले सम्मान गरेपनि कम हुने बताए । ‘तपाईहरुले निर्वाह गरेको भूमिकालाई कुनै कुराले पुरस्कृत गर्न सकिदैन’ उनले भने–‘नगरपालिका सधैं तपाईहरुको साथमा रहनेछ ।’

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले महिला स्वास्थ्य स्वयमसेविकालाई नागरिकले नजिकको डाक्टरका रुपमा चिन्ने गरेको बताए । उनले महिला स्वास्थ्य स्वयमसेविकाहरुकै कारण कैयौं नागरिकको ज्यान जोगिने गरेको बताए ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले महिला स्वास्थ्य स्वयमसेविकाको निस्वार्थ सेवाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले स्वास्थ्योपचारका लागि अन्यत्र जान नपर्ने गरी अस्पतालको सेवा सुविधामा परिवर्तनको काम थालेको बताए ।

सो अवसरमा काँग्रेस नगर सचिव जवालसिँह तिरुवा, नारी सिल्पकलाका अध्यक्ष कृष्णा भण्डारी, महिला स्वास्थ्य स्वयमसेविका चन्द्रा चौधरी लगायतले बोलेका थिए । सोही अवसरमा नगरपालिकाले महिला स्वयमसेविकाहरु पार्वती रेग्मी, पदमादेवी पाण्डे, पितरानी चौधरी, लखपति चौधरी, बोतलिया डगौरा थरुनी र चन्द्रा चौधरीलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले सत्ती र बटनपुरमा समेत १६ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको छ । सत्तीमा वडा नं. ६ र ७ र बटनपुरमा वडा नं. ८ र ९ का महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई समेटेर कार्यक्रम गरिएको छ । त्यहाँ समेत विभिन्न ४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पुरस्कृत गरिएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । टीकापुर नगरपालिकामा १२० जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन ।

नेपालमा २०४६ सालबाट स्वयमसेविका कार्यक्रम सुरु भएको थियो । तत्कालिन सरकारले उच्च बाल मृत्युदर र मातृ मृत्युदर कम गर्न स्वयमसेविका कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम सुरु भएपछि नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर कम भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update