Hamro Patra
तत्काल सदस्यता सार्वजनिक गर्न युनियनको माग

टीकापुर, चैत्र २१

शुद्धिकरण अभियान चलाएर पनि सदस्यता सार्वजनिक नगरी नेपाल पत्रकार महासङ्घले जिल्ला, प्रदेश तथा केन्द्रीय अधिवेशन आह्वान गरेकोप्रति नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाले आपत्ति जनाएको छ। 

Khadga Memorial And Janajagriti

शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सदस्य तथा नवीकरण गरेका सदस्यहरूको नामावली सार्वजनिक नगरी अधिवेशन गर्न माग गरेको हो।

शाखा अध्यक्ष परमानन्द पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा 'सदस्यहरूको नामावली नै टुङ्गो नलगाई आह्वान गरिएको अधिवेशनको कुनै अर्थ नहुने हुँदा तत्काल अधिवेशन स्थगित गर्न अनुरोध गर्दछौँ' भनिएको छ।

विज्ञप्तिमा महासंघले थालेको सदस्यता शुद्धिकरण अभियानमा युनियनको सक्रिय सहभागिता र समर्थन रहेको उल्लेख गर्दै सदस्यता नै सार्वजनिक नगरी अधिवेशन गर्न नहुने भनिएको छ।

यसअघि नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता सार्वजनिक नगरी अधिवेशन आह्वान गर्न नहुने निर्णय गरेको थियो। 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update