धनगढी, चैत्र १७
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको आयोजनामा हिजोदेखि धनगढीमा भएको डिजिटल मिडिया तथा तथ्याङ्क व्यवस्थापन तालिम आज सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ३२ जना पत्रकार सहभागी सहभागी भएको तालिम आज सम्पन्न भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले डिजिटल मिडियामा तथ्याङ्क व्यवस्थापन महत्वपूर्ण विषय भएको बताए ।
'यस किसिमका तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ' केन्द्रीय सदस्य शाहले भने 'नयाँ मिडियालाई तथ्याङ्कहरूको माध्यमबाट प्रस्तुत गरेर अझ रोचक बनाउन सहज हुनेछ ।'
पश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष अर्जुन शाह, नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाही, पत्रकार अरुण भट्ट लगायतले बोलेका थिए भने सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका थिए।