Hamro Patra
मेयर एसपिए कप भलिबल प्रतियोगिता सुरु

धनगढी, मंसीर १७
धनगढीमा मेयर एसपिए कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुदुरपश्चिमाञ्चल एकेडेमीका अध्यक्ष योगेन्द्र शाहीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन भएको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमी विजयी भएको छ । एकेडेमीले अत्तरियाको दुर्गालक्ष्मी वहुमुखी क्याम्पसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । वेष्ट अफ फाईवको आधारमा भएको खेलमा एकेडेमीले २५–१६, २५–१७ र २५–९ को सेटमा एसपिएले दुर्गालक्ष्मीलाई किनारा लगाएको हो ।


प्रतियोगिता अन्तर्गत वुधवार लिग चरणका आठ बटा खेल हुने प्रतियोगिताका संयोजक भागिराम वखरियाले जानकारी दिनुभयो । तेस्रो दिन विहीवार सेमिफाईनल र फाईनल खेल हुने संयोजक बखरियाले बताउनुभयो । जिल्लाभरीका ७ टीमको सहभागीता रहेको मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगिता लिगकम नकाउटका आधारमा सञ्चालन भईरहेको छ । समुह ए मा सुदुरपश्चिमाञ्चल एकेडेमी, दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, एक्सीस विद्याश्रम र विरेन्द्र विद्या मन्दिर टीकापुर रहेका छन । समुह बी मा कैलाली वहुमुखी क्याम्पस, दुर्गालक्ष्मी उच्च मावि र जनता नमुना मावि कैलारी गाउँपालिका रहेका छन । दुवै समुहका विजेता र उपविजेता सेमिफाईनल पुग्नेछन् । सेमिफाईनलमा एमुह ए को विजेता र समुह वी को उपविजेता तथा समुह वी को विजेता र ए को उपविजेता प्रतिस्पर्धा गर्नेछन । जित्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Khadga Memorial And Janajagriti

धनगढी उपमहानगरपालिकाको सहयोगमा भईरहेको प्रतियोगिताको विजेताले नगद ५० हजार उपविजेताले नगद २५ र तेस्रो हुने टीमले नगद १२ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update