Hamro Patra
होली लगत्तै विश्वासको मत लिन्छौं: मन्त्री देउवा

टीकापुर, चैत्र १०

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउबाले होली लगत्तै कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिने बताएका छन्।

Khadga Memorial And Janajagriti

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देउबाले सो कुरा बताएका हुन् । 

'कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारले विश्वासको मत पाउनेछ' मन्त्री देउवाले भने 'होली सकिए लगत्तै विश्वासको मत लिने तयारी गरिरहेका छौं ।'

सुदूरपश्चिम सरकारले सुशासन र विकासमा ध्यान केन्द्रित गरेको बताउँदै मन्त्री देउवाले एक वर्षदेखिका कामलाई निरन्तरता दिने र थप कामहरू अगाडि बढाउने बताए । 

होलीको अवसर पारेर नेपाल प्रेस युनियन कैलालीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम प्रेस युनियन कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको हो।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update