Hamro Patra
सुदूरपश्चिमको विकासमा ऊर्जा जोडिएको छ: मुख्यमन्त्री शाह

टीकापुर, चैत्र ९

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको पानीमा ऊर्जा जोडिएको बताएका छन्।

कञ्चनपुरमा आयोजित विश्व पानी दिवस महाकाली रिभर महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन्।

CMA Staff

ऊर्जा उत्पादनको अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको पानी र ऊर्जालाई सदुपयोग गर्न सके १० वर्षमा नसोचेको विकास हुन सक्ने बताए । 

'हामी समृद्धिको नजिक छौं ऊर्जाको अधिकार प्रदेशलाई दिनुपर्छ' मुख्यमन्त्री शाहले भने 'यसको सदुपयोग गर्न सके १० वर्षमा सुदूरपश्चिमको विकासलाई कसैले रोक्न सक्दैन ।'

सुदूरपश्चिममा पर्यटनको थुप्रै सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले धर्म संस्कृति मिल्दो जुल्दो रहेको छिमेकीहरूलाई आकर्षित गर्न सरकारले प्रयास गरिरहेको बताए । 

'सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई भित्र्याउने प्रयास गरिरहेका छौं' मुख्यमन्त्री शाहले भने 'व्यवसायीलाई सहजता बनाउन, ऐन नियम बनाएर निजी क्षेत्र र राज्य मिल्नुको विकल्प छैन।'

प्रदेश सरकार परिवर्तनलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहले पश्चिम प्रदेश सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा कसैले भत्काउन नसक्ने जग बसाएको दाबी गरे।

विश्व पानी दिवसको अवसरमा कञ्चनपुर पर्यटन विकास समितिले कार्यक्रमको आयोजना गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update