Hamro Patra
नेपाल आइडल रवि ओडको पहिलो गीत सार्वजनिक

 टीकापुर, २२ चैत

नेपाल आइडल सिजन– २ का बिजेता रबि ओडको पहिलो गीत सार्वजनिक भएको छ । ‘तान्यो मलाइ तान्यो’ बोलको गीत चैत्र २२ गते युटुब च्यानल ‘आफ्नो मन’ बाट सार्वजनिक भएको हो । नेपाल आइडल सिजन–२ का बिजेता ओडको पहिलो गीतको सुटिङ यही चैत्र १५ गते समाप्त भएको थि

Khadga Memorial And Janajagriti

 

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको कृष्णपुरका बासिन्दा ओड निम्न परिवारमा जन्मिएका व्यक्ति हुन । उनले गायन क्षेत्रमा प्रवेश गर्न निकै संघर्ष गरेका छन । पछिल्लो समय नेपाल आइडल सिजन– २ को विजेता बनेपछि उनी निकै चर्चामा छन । उनी नेपाली सांगीतिक बजारमा निकै सम्भावना भएका कलाकार हुन । उनको अग्रज गायक कलाकारहरुले निकै प्रशंसा गरेका छन । गीतमा गायक ओड र मोडल एलिसा राईले अभियन गरेका छन ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update