Hamro Patra
नारायणपुर रेडकसको सभापतिमा कोइराला

टीकापुर, फागुन २९

नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाको सभापतिमा धनसरी कोइराला निर्बिरोध चयन भएकी छन । २९ औं अधिबेशनबाट कोइराला लगायत सबै पदाधिकारी र सदस्यहरु निर्बिरोध चयन भएका हुन् ।

Khadga Memorial And Janajagriti

उपशाखाको उपसभापति भारती देबि विक, सचिव पूर्ण बहादुर नायक, कोषाध्यक्ष श्रीपाल चौधरी, उप–सचिब लायकराम चौधरी र उप–कोषध्यक्षमा मदन कुमारी साउँद चयन भएका छन् भने महिला सदस्यमा शान्ता बोहरा सर्वसम्मत भइन्।

उपशाखाका अन्य सदस्यहरुमा नृपबहादुर कडायत, शैलेश श्रेष्ठ, लवकुमार बैद्य र रबि रोक्का चयन भएको निर्वाचन अधिकृत भीमबहादुर महरले जानकारी दिए।

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update