Hamro Patra
सुदूरपश्चिमको मन्त्रीमण्डल विस्तार

टीकापुर, फागुन २८ 

पार्टीको आन्तरिक विवादका विषयमा छलफल गर्न टीकापुरमा केन्द्रीय समितिको बैठक जारी भइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरी बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन्।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

चौधरीलाई केही बेरअघि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गोपनीयताको शपथ ग्रहण गराएका छन्।

यता टिकापुर पार्टीको आन्तरिक विवादका विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक जारी छ।

यद्यपि उक्त बैठकमा संस्थापक अध्यक्ष रन्जिता श्रेष्ठ भने अनुपस्थित रहेकी छन्। 

चौधरी कैलाली क्षेत्र नम्बर १ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update