Hamro Patra
चिसापानी पुलमा आगो लाग्यो

टीकापुर, फागुन २८

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कैलालीको चिसापानी स्थित कर्णाली पुलमा आगलागी भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एक मालभाग ट्रकमा अचानक लागेको आगो कर्णाली पुलमा सल्किएको हो।

चल्दै गरेको ट्रकबाट सल्किएको आगो पुलका डोरीहरूमा सल्किएको सल्किएको रेडक्रसकर्मी मार्कण्डे उपाध्यायले जानकारी दिएका छन्।

पर्यटकीय क्षेत्र चिसापानीमा आएकाहरुका आकर्षणको केन्द्र बनेको पुलमा अचानक आगलागी भए भएपछि आगो निभाउने प्रयास थालिएको छ।

स्थानीयवासी र चिसापानी स्थित प्रहरीले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको जनाइएको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update