मोहना नदीमा युवकको शव फेला
टीकापुर, फागुन २४
भारतीय सीमावर्ती मोहना नदीमा एक युवकको शव भेटिएको छ । कैलालीको भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटस्थित मोहना नदीमा युवकको शव भेटिएको हो । नेपाल भारत सीमा क्षेत्र नजिक आज युवकको शव भेटिएको हो ।
नदीमा माछा मार्ने क्रममा माझीले घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय भजनीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार मृतकको परिचय खुल्न सकेको छैन ।
स्थानीयका अनुसार मृतकसँग टीकापुर नगरपालिका वडा नं. १ प्रकाश वि.क. नाम लेखिएको पासपोर्ट फेला परेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० ०७:०३
प्रतिक्रिया दिनुहोस्