टीकापुर, फागुन २१
कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागु औषध खैरो हिरोइन सहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका वार्ड नं १२ बाट ३.२९ ग्राम खैरो हिरोइनसहित एक महिला र पुरुष पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नगरपालिकाको वार्ड नम्बर १८ जानकी टोलका २० टोलकी २० वर्षीय ललिता जोशी र वडा नम्बर ६ ऐठपुर का २२ वर्षीय शिशिर बोगटी रहेका छन् ।
लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा पक्राउ परेकी जोशीले आफ्नो गोप्य अङ्गमा सेतो प्लास्टिकमा बेरी पुडिया बनाई लुकाइराखेको अवस्थामा लागू औषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।