धनगढी, फागुन १३
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले विगतका योजनाहरु सम्पन्न नगरी बहुवर्षीय योजनामा नल्याउने बताएका छन् ।
धनगढीमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री देउवाले विगतका सरकारले शुरु गरेका योजनाहरु सम्पन्न गरेर मात्रै प्रदेश सरकार नयाँ बहुवर्षीय योजना ल्याउने बताए ।
'अघिल्ला वर्षहरुका झण्डै ६ हजार योजनालाई घटाएर हामीले २ हजार योजनामा झारेका छौं’ मन्त्री देउवाले भने ॅयी योजना सम्पन्न नहुँदासम्म नयाँ बहुवर्षीय योजनामा ल्याउने छैनौं ।’
मन्त्री देउवाले मन्त्रालयले नागरिकले अनुभूति गर्ने गरी काम अघि बढाइरहेको दाबी गरे ।
'प्रादेशिक यातायात गुरुयोजनाको अन्तिम तयारी भइरहेको छ, विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै नौ वटै जिल्लामा विद्युतीय गाडी चार्जिङ स्टेशन स्थापना गर्दैैछौं’ मन्त्री देउवाले भने 'कणर्ाली र महाकालीमा जलयात्राको सम्भावना खोजी गरेका छौं, चिसापानी, धनगढी, गोदावरी र गड्डाचौकीमा डिजिटल गेट निर्माणको योजना छ ।’
मन्त्री देउवाले सुदूरपश्चिममा ८ मेगावाटको जलविद्युतको सम्भाव्यता अध्ययन भएको र उक्त आयोजनामा प्रदेश सरकारको लगानी गर्ने कि श्रोत जुटाउने विषयमा छलफल जारी रहेको बताए ।
'८ मेगावाटको जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरेका छौं’ मन्त्री देउवाले भने ॅप्रदेश सरकारले आफै बनाउने कि श्रोत जुटाउने भन्ने विषयमा छलफल जारी छ ।’
सरकारमा गएको दिनदेखि नै सक्दो प्रयास गरिरहेको बताउँदै मन्त्री देउवाले प्रदेशमा रहेका विकृति, विसंगती हटाउने प्रयास भइरहेको बताए । 'लामो समयदेखि विकृति रहेको छ, यसलाई हटाउन समेत लामै समय लाग्छ तर पनि हामी प्रयास गरिरहेका छौं, जनतालाई सुशासनको अनुभूति गराउन जरुरी छ, त्यसका लागि जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्न आवश्यक छ ।’
उनले सुदूरपश्चिम सरकारको मुख्य आम्दानीको श्रोत नै यातायात भएको बताउँदै यातायात प्रयोगकर्तालाई सम्बोधन गर्नुपर्ने बताए ।
'विगतकाले के गरे म आरोप प्रत्यारोप लगाउँदैन मैले के गरे त्यो मात्रै भन्छु’ मन्त्री देउवाले थपे ॅआफ्नो धर्मको अधिनमा रहेर सदैव सही बाटोमा हिँड्ने र जनताको सेवा गरी काम गरिरहेको छु ।’
मन्त्री देउवाले मन्त्रालयले गरिरहेका काम, कारवाहीको मुल्यांकन गर्नका लागि छुट्टै टिम बनाउने बताए ।