Hamro Patra
भारतीय कारको ठक्करबाट एकको मृत्यू

टीकापुर, फागुन १२

कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।

CMA Staff

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पताल टीकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाएर भागेको थियो। घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भिर रहेकाले प्रहरीले जनाएको छ। दुवै घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ।

कार र चालक लम्कीचुहा नगरपालिका वडा नं १० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update