Hamro Patra
टीकापुर बचतको १५औं स्थापना दिवसः सीमाविहीनलाई आर्थिक सहयोग

टीकापुर, फागुन ८

टीकापुर बचत तथा ऋण सहकारी संस्थाले टीकापुरस्थित सीमाविहीन स्वयम् सेवक संस्थामा आफ्नो १५औं स्थापना दिवस मनाएको छ । सीमाविहीनमा रहेका २२ जना बालबालिकालाई आर्थिक सहयोग गर्दै सहकारीले स्थापना दिवस मनाएको हो ।

सहकारीका अध्यक्ष भरतबहादुर रावलले सीमाविहीन संस्थाका अध्यक्ष प्रेमबहादुर बिसीलाई नगद १० हजार १ शय ५५ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

Khadga Memorial And Janajagriti

संस्थामा अध्ययनरत विद्यार्थीका लागि पठनपाठन, पाठ्यसामग्रीको व्यवस्थापन गर्नका लागि स्थापना गरिएको अक्षयकोषमा सहयोग रकम राखिने अध्यक्ष बिसीले बताए ।

सहकारीले आफ्नो स्थापना दिवसमा संस्थालाई नगद हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष रावलले सामाजिक उत्तरदायित्व अन्तर्गत सीमाविहीनलाई सहयोग गरिएको बताए ।

सीमाविहीन संस्थाका प्रमुख जनक महरका अनुुसार हाल उक्त संस्थामा २२ जना साहाराविहीन बालबालिका बस्दै आएका छन् । संस्थाले उनीहरुलाई टीकापुरस्थित कणर्ाली माध्यमिक विद्यालयमा पठाउँदै आएको छ भने उनीहरुका लागि चाहिने सम्पूणर् सामग्री, लत्ताकपडा संस्थाले व्यहोर्दै आएको छ ।

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ११ मा संस्थाको आफ्नै होस्टेलसहित कार्यालय रहेको छ । केही वर्ष पहिलेसम्म ३ शय बढी विद्यार्थीलाई सहयोग गर्दै आएको संस्थामा दातृ निकायले सहयोग घटाउँदै गएको महरले बताए ।

‘दाताले विस्तारै सहयोग कम गर्दै गइरहेकाले हाल रहेका बालबालिकाको शिक्षा, दिक्षा, पाठ्यपुस्तकमा समस्या हुने देखिएपछि हामीले अक्षयकोष स्थापना गर्ने निणर्य गरेका छौं’ महरले भने ‘यस्तै सानो सानो सहयोगबाट अक्षयकोष स्थापना गरेर अभिभावकविहीन बालबालिकाका लागि सहयोग गर्ने उद्देश्य हो, यसमा सबैलाई सहयोग गरिदिन अनुरोध गरिरहेका छौं ।’

पौष महिना यता जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता अवसरमा संस्थालाई सहयोग गर्नेहरु आउने गरेको महरले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update