एमाले कैलालीको अध्यक्षका लागि तीन जनाको दावी
टीकापुर, फागुन ३
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीको आगामी फागुन ६ र ७ गते हुने नवौं महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले दाबी गरेका छन् । पार्टीको पदाधिकारीका लागि इच्छुक उम्मेदवारलाई इच्छापत्र माग गरिएकोमा अध्यक्षमा तीन जनाले दाबी पेश गरेका छन् ।
अध्यक्षका लागि वर्तमान जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे र प्रदेश पूर्व पोलिटव्यूरो सदस्य यज्ञराज ढुंगानाले दाबी पेश गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा आठ जना, सचिवमा १२ जना र उपसचिवमा ३० जनाले दाबी पेश गरेको नेकपा एमाले कैलालीले जनाएको छ । उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वाँर, दलबहादुर रावल र प्रेम डगौराले दाबी गरेका छन् ।
त्यस्तै सचिवमा हितेस ओझा, ममता प्रसाद चौधरी, विष्णु चन्द, कमल बहादुर राना, चूडामणि भट्ट, आनन्द प्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका न्यौपाने, विष्णु बहादुर चौधरी, बक्त बहादुर शाही र भीष्मराज सुवेदी रहेका छन् ।
त्यस्तै दुई जना उपसचिवका लागि ३० जनाले दाबी गरेका छन् । प्राप्त जानकारी अनुसार धिमलाल जोशी, राजु गुरुङ, चक्र बहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टिकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदार प्रसाद ओझा अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेश बहादुर साउद, मोहन विक, धुर्व्र बहादुर भण्डारीले सचिवमा दाबी गरेका छन् ।
त्यस्तै खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा, धु्रर्व खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल गोविन्द कोइराला, रत्ना कुवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।
कैलालीको सुखडमा हुने नवौँ अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १९:०२
प्रतिक्रिया दिनुहोस्